देवघाटमा सतबीज छर्ने भक्तजन न्यून

भरतपुर, २८ मङ्सिर । बालाचतुर्दशीको दिन आज देवघाटधाममा न्यून मात्रामा भक्तजन आएको। देवघाट क्षेत्र विकास समितिले जनाएको छ । बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट आएका हुन् ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले गत वर्षको अनुपातमा आज २० देखि २५ प्रतिशत मात्र भक्तजन देवघाटमा सतबीज छर्नका लागि आएको बताउनुभयो । सरकारले नै मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम राखेको उल्लेख गर्दै उहाँले बालाचतुदर्शी पनि घरमै बसी मनाउन आग्रह गरिएको बताउनुभयो ।

Advertisment