‘सुनन’को साथमा आए प्रदिप र सविता ( भिडियो ) 

काठमाडौं –  मोडल सविता कुटु र गायक प्रदिप धमला अभिनित नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ।  गायक प्रदिप धमलाको  स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरिएको हो। प्रेमिल शैलीको  यस गीतमा  शिवम रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।

अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ।  म्युजिक भिडियो ओपीडी ट्युन्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  

भिडियो लिंक: https://youtu.be/wajnCTpLDBs

Advertisment