आशिष रायमाझीको तिहार कोसेली ‘झिलीमिली’

काठमाडौं –  तिहार सुरु हुदै गर्दा बजारमा  तिहारका गीतहरु गुञ्जिन थालेका छन्।  तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी तिहारलाई खास बनाएको छ, उसैगरी देउसी-भैलो भाकाले पनि । जब देउसी-भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ । यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर कलाकारहरुले  थुप्रै गीतहरु सार्वजनिक गर्ने गरेका छन्।

यही क्रममा  गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु  पुनको स्वरमा  रहेको ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक छ। यस  गीतमा  स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ।  सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्।  विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल  प्रतियोगी हुन् ।  यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। ‘द भ्वाइस अफ नेपाल’ का यसअघिका सिजनमा पवित्रा र नितुले समेत सहभागिता जनाएका  थिए।  ‘झिलीमिली’ बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल ‘आशिष रायमाझी’ मार्फत सार्वजनिक गरिएको हो

Advertisment