गैरे सुरेशको ‘भोले शंकर’ सार्वजनिक

काठमाडौं – गैरे सुरेशको शिव भजन ‘भोले शंकर’ सार्वजनिक भएको छ ।

फुलबारी नेपालको युट्युबाट सार्वजनिक भएको उक्त भजनमा शब्द डा. कृष्णहरि बराल रहेको छ भने स्वर र संगीत सुरेशको रहेको छ । साउनको अन्तिम सोमबारका दिन पारेर सार्वजनिक गरिएको उक्त भजनको भिडियो पशुपतिलगायतका स्थानमा छायांकन गरिएको उक्त भजनमा कृष्ण ढकाल, कमल तिमिल्सिना, लव सापकोटा, दिपकराज बराल, दामोदर धोदारी, रमेश भुवजी, रोहित घिमिरे, विकास घिमिरे, पशरुराम लामिछाने, प्रमोद विष्ट, सत्यराम पुरी, देवेन्द्र रोक्का र स्वयं सुरेश गैरेले अभियन गरेका छन् ।

सांगीतिक दुनियाँमा सफल संगीतकारका रुपमा छाएका गैरे सुरेश ‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए । त्यसपछि उनका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत भर्दै स्थापित संगीतकारका रूपमा परिचित छन् ।

उनले संगीत गरेका गीत/गजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय र कर्णप्रिय छन्।

सांगीतिक दुनियाँबाट स्रोताहरुको मन जित्न सफल सुरेश सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) समेत हुन् । Sourc; onlinenews7.com

Advertisment