म्याग्दे गाउँपालिकाद्वारा सार्वजनिक बिदा

दमौली \ यहाँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गााउँपालिकाअन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने जनाइएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताउनुभयो । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । गाउँपालिकामा मात्रै सात हजारभन्दा बढी मगर समुदायको बसोबास छ । जिल्लाका स्थानीय तहले बिभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

Advertisment