मुगु । कुनै समय मुगुलाई उज्यालो बनाएकोलघु जलविद्युत आयोजना पेल्ट्रिक सेट मर्मत अभावले कवाडी बन्दै गएको छ । जिल्लामा विद्युत्को माग थेगेको यहाँका चार वटै आयोजना अहिले काम दिने अवस्थामा छैन ।
टर्वाइन बिग्रिएपछि मर्मत सम्भार र पुनः निर्माण हुन सकेको छैन । तत्कालीन जिल्ला विकास समितिको कार्यालय मातहत पर्ने दुर्गम विकास क्षेत्रले निर्माण गरेको आयोजना हाल मर्मतमा कसैले पनि चासो देखाएका छैनन् ।
२०५४ सालमा साबिकको पिना गाविस वडा नं ६ कोटिला गाउँमा, रोवा गाविस वडा नं ३ जिउँला गाउँमा, खत्याडखोलाको गम्था गाबिस वडा नं ७ त्यसै गरी कराँनखोलाको माँग्री गाविस वडा नं ४ मा निर्माण भएको थियो । हाल कुनै पनि काम लाग्ने अवस्थामा छैन ।
२०५५ सालबाट सञ्चालनमा आएको यो लघु जलविद्युत पेल्ट्रिक सेट(टर्वाइन) हाल काम मर्मत अभावले चल्न सकेको छैन तर थोरै लगानी गरे अझै अन्य संरचना काम लाग्ने प्राविधिक विष्णुभक्त हितानले बताउनुभयो ।
जिल्लाका यी चार वटा जलविद्युत् योजनामध्ये तीन वटा योजना कोटिला खिरिँया जलविद्युत , रोवाखोला जलविद्युत र गम्था जलविद्युत एक वर्षसम्म उपभोक्ताले उपयोग गरेपनि संरक्षण गर्न नसक्दा बन्द भएको छ । साबिकको काराँन भेगको मह र माँग्री गाउँको च्याप्ने गाड जलविद्युत आयोजनाको बर्सातको समयमा हरेक वर्ष मुहान बाढीले बगाउने भएकाले उक्त योजना सञ्चालनमा नआएको हितानको भनाइ छ । यता साबिकको रोवा गाविस वडा नं १० का स्थानीय जिप बहादुर बुढाले जलविद्युत पेल्ट्रिक सेटबाट उत्पादन राम्रो नहँदा बेलाबखत समस्या आउने गरेको र बनाउन प्राविधिक आउजाउमा धेरै समस्या आउने भएकाले मर्मत सम्भारमा कठिनाइ भएपछि सञ्चालनमा नआएको बताउनुहुन्छ ।
२० लाख लगानीमा खिरिया खोला जलविद्युतको २५ किलोवाट, ३० लाख लगानीमा रोवा गाविस वडा नं ३ को रोवा जलविद्युत, ३० लाख लगानीमा ३० किलोवाट र गम्थाखोला जलविद्युतमा २० लाख लगानीमा १८ किलोवाट विद्युत् उत्पादन भएको थियो । Source: https://gorkhapatraonline.com/