बेपत्ता खेलाडी साला भेटाउने सम्भावना सकियो

दुई दिनदेखि विमानसहित बेपत्ता भएका कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला भेटाउने सम्भावना सकिएको छ ।

सोमबार राती उनीसवार जहाज सम्पर्क्विहीन बनेको थियो । उनको खोजीमा रहेका अधिकारीहरुले जिवतै भेटिने सम्भावना सकिएको बताएका छन् । २८ वर्षे अर्जेन्टाइन स्ट्राइकर जाहाज एल्डर्नी च्यानलबाट सम्पर्कविहीन बनेको थियो ।

विमानबाट उनले आफ्नो परिवारलाई वाट्सएपमा निकै डर लागेको भन्ने म्यासेज पठाएको उनको परिवारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अर्जेन्टिनाका मिडियाले भने, ‘म प्लेनमा छु, जुन खस्न लागेको छ ’ भन्ने म्यासेज पठाएको जनाएका छन् ।

उनको खोजीमा पाँचवटा विमान र दुईवटा डु‌गा प्रयोग गरिएको छ । समुद्रमा उनलाई एक हजार वर्ग माइलको क्षेत्रमा खोजी गरिएको छ । कार्डिफ सिटीले शनिबारमात्र यी खेलाडीलाई फ्रेन्च क्लब नान्टेबाट क्लबकै कीर्तिमानी रकममा अनुबन्ध गरेको थियो ।

उनलाई कति रकममा क्लबमा भित्राएको हो भन्ने खुलासा कार्डिफले नगरेपछि ११ मिलियन पाउण्ड भन्दा बढी रहेको बुझिएको छ । साला बेपत्ता भएको खबरले कार्डिफले ‘स्तब्ध’ भएको प्रतिक्रिया दिएको छ भने नान्टेसले यो साता लिग नखेल्ने जनाएको छ ।

Advertisment