‘नदेखेको धेरै भयो’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको आवाजमा रहेको ‘नदेखेको धेरै भयो’ बोलको गीत सार्वजनिक भएको छ।

यो गीतको भिडियोमा महेश खड्का र इस्तु कार्कीको अभिनय रहेको छ। किशोर अवस्थामा जानेर वा नजानेर गरिने प्रेमलाई मुख्य कथा बनाएर निर्माण गरिएको छ ।

चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ भने इश्वर श्रेष्ठको शब्द शृजना रहेको छ। निर्देशन प्रकाश धितालले गरेका हुन्।

Advertisment