राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति सार्वजनिक

काठमाडौं । स्वास्थ्य सेवा विभागले राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति सार्वजनिक गरेको छ ।

विभागले काठमाडौमा आयोभित कार्यक्रममा किशोरकिशोरीको स्वास्थ्य र विकाससम्बन्धी आवश्यकता र चुनौतीमा व्यापक परिवर्तन आएकाले नयाँ रणनीति तय गरिएको जनाएको हो । रणनीतिमा गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको विभागले जनाएको छ । सात वर्षका लागि तय गरिएको रणनीतिले सबै किशोर किशोरीलाई उत्प्रेरित गर्ने दाबी विभागको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले नयाँ रणनीति समय सान्दर्भिक रहेको भन्दै यसले किशोरकिशोरीको मानसिक र शारीरिक स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समान अवसर प्रदान गरेको दाबी गर्नुभयो ।

Advertisment