सातदोबाटो चापागाउँ सडकखण्ड अवरुद्ध (तस्विरसहित)

ललितपुर । ललितपुरको सातदोबाटो चापागाउँ सडक खण्ड पिच नभएको भन्दै स्थानीयहरुले ठेचो–चापागाउँ सडकखण्ड अवरुद्ध पारेका छन् ।

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाको कमजोरीका कारण उक्त सडकखण्डमा पिच हुन नसकेको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन् । वर्षौ देखि सडकको दुर्दशाले स्थानीय वासिन्दाको जीवन र स्वास्थ्यमा असर परेको भन्दै पीडतहरुले संघर्ष समिति नै बनाएर विभिन्न दबाब मूलक कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

यस्तै सोमबारसम्म पनि समस्याको उचित सम्बोधन नभएको खण्डमा दबाब समूहले सातदोबाटो चापागाउँ सडक खण्ड बन्द गर्ने चेतावनी दिएका छन् । चापागाउँ देखि लगनखेल ७ किलामिटर बाटोको विभिन्न खण्डमा समयमा पिच नगरिदा वर्षामा हिलो र सुख्खायाममा धुलोले स्थानीय आक्रान्त बनेका छन् ।

Advertisment