राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन” २०७७ असोज ३ गते हुने

काठमाडौँ, २२ भदौ । जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो “राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन” असोज ३ गते आयोजना हुने भएको छ । विद्यमान कोभिड १९ को महाव्याधिलाई मध्यनजर गर्दै सम्मेलन प्रविधिको माध्यमबाट आयोजना गरिने आयोजकले जनाएको छ ।

आयोजक समितिका संयोजक श्रीरामप्रसाद पोखरेलका अनुसार राजधानी काठमाडौँ, प्रदेश नं. १ लगायत देशका सबै प्रदेशका साथसाथै विभिन्न देशमा सानो सानो समूहमा एकत्रित भई प्रविधिको माध्यमद्वारा सबै समूह जोडिने गरी सम्मेलन सञ्चालन गरिनेछ । वैदिक सनातन हिन्दू, बौद्ध, किराती, बोन, जैन, शिख लगायतका धार्मिक समुदायको सहभागितामा “पराईकरणको दुश्चक्रलाई परास्त गरी मौलिक धर्म संस्कृतिको पुनर्धारणा गराउने साझा रणनीति” विषयमा सम्मेलन केन्द्रीत हुने जनाइएको छ । जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा हुने उक्त सम्मेलनमा सहआयोजक संस्थाहरुमा राष्ट्रिय हिन्दू एकता मञ्च, सहृदयता समाज नेपाल, र युगनिर्माण महिला समाज नेपाल रहेका छन् ।

कार्यक्रमलाई सुव्यवस्थित गर्न डा. निर्मलमणि अधिकारीको संरक्षकत्वमा २५ सदस्यीय कार्यक्रम आयोजक समिति गठन गरिएको छ । सम्मेलनका सल्लाहकारका रुपमा डा. गोविन्द शरण उपाध्याय, डा. चन्द्रकुमार सेर्मा हिङ, खेन्पो फुन्चोक दोर्जे लामा, पण्डित लक्ष्मीकान्त जोशी, आचार्य राजन शर्मा (भिमसेन सापकोटा) रहनु भएको छ । आयोजक समितिमा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेल संयोजक र  ईन्द्रप्रसाद ओली, बलराम प्रजापती र चाँदनी वि.क. उपसंयोजक रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा शान्तम् श्री, रमेश बास्तोला, खिमबहादुर सुनार, खेम लोहनी (राजन), अनिल चौधरी, टंका उप्रेती (नम्रता), एनिका राई, टीका शेर्पा, उत्तम गुरूङ, रामध्यान राय, राजिव बछार, दुर्गा थापा (मगर), सोनाम छुइकी लामा, शिशिर साधक, आकाश निलम् गोविन्द रहनु भएको छ । २०७४ साल देखि हरेक वर्ष निरन्तर आयोजना हँुदै आएको राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन गत वर्षको चैत्र महिनामा आयोजना गरिने तयारी भए पनि कोभिड महाव्याधिको कारण स्थगित भएको थियो ।

Advertisment