गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्रद्धारा पदबाट राजीनामा

 

काठमाडौँ, २९ कात्तिक । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्र पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा. पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिएको बताउनु भएको छ ।

मेरो ‘कन्साइन्स’ले पदमा बस्न दिएन डा.पोखरेलद्वारा जारी विज्ञप्तिमा भन्नुभएको छ ।

डा. पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको औचित्य तथा गरिमाको ख्याल नहुनजस्ता घटनाले गलत कार्यको साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखेको स्पष्ट गर्नुभएको छ ।

तनहुँ निवासी डा. पोखरेलले विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिए पनि आफ्नो प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Advertisment