एडीबीद्धारा विद्युत विकासका लागि नेपाललाई १८ अर्ब ४१ करोड ऋण सहयोग

काठमाडौँ, १३ मङ्सिर । एशियाली विकास बैंकले नेपालको विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नति गर्न १८ अर्ब ४१ करोड रुपैया (१५६ मिलियन) बराबरको ऋण सहयोग दिने भएको छ । एशियाली विकास बैंकले शुक्रबार एक विज्ञप्ति जारी गरी विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण, भरपर्दो तथा विश्वसनीय बनाउन सो ऋण दिन लागेको जनाएको छ ।

सो ऋण सहयोगबाट विद्युतमा आगामी माग पूरा गरी विश्वसनीय रूपमा आपूर्तिको गुणस्तर सुधार गर्न तथा वितरण प्रणालीको पहुँच बढाउन सहयोग पुग्ने, प्राधिकरणको संस्थागत सुदृढीकरण एवं आधुनिकीकरण गर्दै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडानको कामलाई छिटो सक्न तथा देशभरका ग्रीड सबस्टेसनको स्वसञ्चालन एवं विभिन्न क्षेत्रमा वितरण र प्रसारण प्रणालीलाई आधुनिकीकरण गर्न मद्यत पुग्ने आशा गरिएको छ ।

साथै २२०÷१३२ केभी क्षमताका सबस्टेसनलाई स्वचालित बनाउन, ११३ किलोमिटर लामो नयाँ प्रसारण लाइन निर्माण एवं १४४ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति गर्दै काठमाडौँ उपत्यकाका ३५ हजार घरमा स्मार्ट मिटर जडान गर्ने कार्यमा सो ऋण प्रभावकारी हुने बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Advertisment