जनता समाजवादी पार्टी आबुखैरेनी गाउपालिकामा समिति गठन

दमौली , २९ पुस । जनता समाजवादी पार्टी ले आँबुखैरेनी गाँउपालिकामा गाँउ कमिटि गठन गरको छ ।आँबुखैरेनीमा मंगलबार भएको भेलाले पुर्ण गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा पुर्ण गुरुङ्ग, सचिवमा लक्ष्मी वि.क.,सह सचिवमा रुद्र वि.क.,ममता गुरुङ्ग, रहेका छन् गाँउ कमिटका सदस्यहरुमा सुन कुमारी गुरुङ्ग,सानुकान्छा गुरुङ्ग,राम माया वि.क.,नरजित गुरुङ्ग,आस्कोट गुरुङ्ग,र मनजु विक रहेका छन् ।
आँबुखैरेनीमा भएको भेलामा जनता समाजवादी पार्टी का बरिष्ठ नेता अशोक राईले सम्बोधन गरेका थिए । नेता राईले भेलालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नै उत्पिडनमा परेका वर्ग समुदायको पक्षमा काम गर्ने पार्टी भएको हुदा सबै नेता कार्यकता जनता समाजवादी पार्टीमा गोलबन्द हुन आग्रह गरे । सो अवसरमा आँबुखैरेनी गाँउपालिकाका नेता कार्यकतालाई प्रशिक्षण समेत दिएका थिए ।
जनता समाजवादी पार्टीका तनहुँका अध्यक्ष कृष्ण गुरुङ्ग,जनता समाजवादी पार्टी व्यास नगरका अध्यक्ष अम्मर भण्डारी, जनता समाजवादी पार्टीका नेता चन्द्र गुरुङ्ग लगायतले सम्बोधन गरेका थिए ।
जनता समाजवादी पार्टी तनहुँले जिल्लाका स्थानीय तहमा संगठन विस्तारमा जोड दिएको छ।

Advertisment