शुक्रबार थपिए ३०२ सङ्क्रमित

काठमाडौँै ९ माघ । देशभर आज बिहीबारभन्दा १७८ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा ३०२ सङ्क्रमित हुँदा ४८० सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ५९ र महिला ५३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएका ४८० समेत गरी आजसम्म दुई लाख ६३ हजार ३४८ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज ११२ सङ्क्रमित थप भएका छन् । ती मध्ये ५९ पुरुष र ५३ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा दुई हजार ६१, ललितपुर १७५ र भक्तपुरका ३७ सक्रिय सङ्क्रमित रहेका छन् ।

Advertisment