“लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” छानौट कार्याक्रम सम्पर्न

 

काठमाडौं, सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” चौथो संकरणको अडिसन शनिवार सिजन मिडियाको कार्यालयमा सम्पन्न भएको छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै चौथो चरणको लागि कार्यक्रम गर्न लागेको वताउछन सिजन मिडियाका कार्यक्रम निर्देशक रोजिना तुलाधर ।
महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्दै आइरहेका हौं ।
विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ४ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो चौथो संस्करणको लागि अडिसनवाट २१ प्रतियोगी छनौट गरिएको छ ।
उक्त छनौट कार्यक्रममा निर्णायकको भुमिकामा अफिसिल अन्तराष्ट्रिय कोरीयोग्राफर रोजिन साक्य मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी र मिसेस व्यूटी क्वीन नेपाल २०१९की विजेता शान्ति लिम्वु र सिजन मिडियाका अध्यक्ष ताथ फोटोपत्रकार प्रदीपराज वन्त रहनु भएको थियो ।
छनौट भएका २१ प्रतियोगीहरुलाई माघ १८ गते आइतवारवाट प्रशिक्षण दिइनेछ सो क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण,हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइने छ । विभिन्न सामाजिक संस्थाहरुको वारेमा अन्तरक्रिया तथा जानकारी प्रदान गरिनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।
यस कार्यक्रम आगामी फागुनको द्रोस्रो साता सम्पर्न हुनेछ साथै कार्यक्रममा सहभागी भएर प्रथम हुनेले लेट मि इन मिसेज व्यूटी क्वीन नेपाल २०२१ का ताज सहित फ्रिज तथा सिंगापुर भ्रमणको लागि हवाइ टिकट प्रदान गरिने छ । भने फष्ट रनरअप र सेकेन्ड रनरअपलाइ पनि क्रमस टिभि ,भ्याकुम र सिंगापुर भ्रमणको लागी हवाई टिकट प्रदान गरिने छ र तिन जना विजेतालाई लेट मिइनको तर्फवाट ५० हजारवरावरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।

Advertisment