एडिबीको सहयोगमाबीरगञ्ज–जीतपुर –सिमरा कोरिडोर परियोजनाछिट्टै अघि बढ्ने

वीरगञ्ज ,४ चैत्र । सरकारले एशीयालीविकास बैंकको सहयोगमामुलुककै प्रमुखव्यापारिक केन्द्र बीरगञ्जमामहत्वपुर्णकोरिडोर परियोजना संचालनको तयारी गरेको छ । बीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर नामदिइएको उक्त परियोजना सफलभएत्यस क्षेत्रको आर्थिक विकासमाकायापलट हुने सरोकारवालाहरुको भनाई छ ।
“कोरिडोर योजनाको पहिचान र विकास” सम्बन्धमा काठमाण्डौमाआयोजित एक दिने कार्यशालागोष्ठीमा सरोकारवालानिकायकाप्रतिनिधीहरुले तीनतहकै सरकारबीच समन्वय गरेर उक्तपरियोजनालाई सफलबनाउनुपर्नेमाजोड दिएका छन् ।
राष्ट्रिय शहरी नीति २०६४ ले लिएको उद्देश्यलाई आधार मानितयार गरिएको राष्ट्रिय शहरी विकास रणनीतिमा प्राथमिकता साथ राखिएको कोरिडोर रणनीतिक कार्यक्रमलाई नेपाल सरकारले समावेश गरेको छ ।
पन्ध्र्रौ योजनामा समेत सरकारले यो परियोजनालाई रुपान्तरकारी योजनाको रुपमाप्राथमिकताका साथ अघि सारेको छ ।
कार्यक्रममाबोल्दै शहरी विकास मन्त्रीप्रभु साहले बीरगञ्जमुलुककै प्रमुखआर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउन सके मात्र समग्र मुलुकको विकासमाथप टेवापुगी सम्बृद्ध नेपाल सुखी नेपालीको नारा साकारहुने बताउनुभयो ।
बीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनालाई योजनावद्ध ढंगले अघि बढाउन जरुरी रहेको भन्दै उहाँलेत्यसकालागिकेन्द्र सरकार आवश्यक सहयोग र समन्वयगर्न तयार रहेको उल्लेख गर्नुभयो ।
“मन्त्री साहले भन्नुभयो, योजना सहीभयो भने मात्र परिणाम पनि सही हुन्छ त्यसैले बस्तुवादी भएर कार्यक्रमकार्यान्वयनमा लैजान म सवैलाई सुझाव दिन्छु”
कार्यक्रममाबीरगञ्जमहानगरपालिकाका मेयर बिजय सरावगीले उक्तकोरिडोरको विकासले नै मुलुकको समग्र आर्थिक बिकासलाई प्रोत्साहितगर्ने भएकाले यसको सफलताकालागि सवै पक्षको सहयोग र समन्वय महत्वपुर्ण हुने धारणा राख्नुभयो ।
स्थानीय सरकारसँग साझेदारी नगरेसम्मकुनैपनि परियोजना सफलहुननसक्ने भन्दै उहाँले तीनतहकै सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमाजोड दिनुभयो ।
पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारले सडक पुर्वाधारको विकाससँगै नागरिकको सामाजिक र आर्थिक विकासमापनिठोस कार्यक्रमल्याउनुपर्नेमाजोड दिनुभयो ।
निजगढ नगरपालिकाकाप्रमुख सुरेश खनालले कोरिडोरको सिमांकनगर्दा स्थानियपालिकाहरुबीच समन्वयगर्नुपर्ने बताउनुभयो ।
जीतपुर सिमराकीउपप्रमुखसरस्वती देवीचौधरीले भविष्यमाहुने सक्ने सवारी चापलाई मध्यनजर गरी कोरिडोर निर्माणको योजनाबनाउनसुझावदिनुभयो ।
शहरी विकास तथाभवननिर्माण विभागकामहानिर्देशकनवराजप्याकुरेलले सवैको अपनत्वहुने गरी परियोजना संचालनको खाकालाई मूर्तरुप दिइने बताउनुभयो ।महानिर्देशकप्याकुरेलले सरोकारवाला निकायबाट आएका सुझावलाई समेटेर कार्ययोजनातयार पारिने जानकारी दिनुभयो ।
शहरी विकास तथाभवननिर्माण विभागकाउप–महानिर्देशककुमार घिमिरेले परियोजना सफलताको शुभकामनादिदै सवै पक्षको सहयोगले मात्रकार्यक्रमकार्यान्वयनमा लैजान सकिने धारणा राख्नुभयो ।
शहरी विकास तथाभवननिर्माण विभाग, क्षेत्रीयआयोजना समन्वयकार्यालयले गरेको उक्तकार्यक्रममाआयोजनाकानिर्देशक सुरेन्द्रमोहनश्रेष्ठले स्वागतमन्तव्यदिनुभएको थियो ।

Advertisment