श्याम अधिकारीको सालैजो भाकाको धम्पुस गाउँ दोहोरी गीती एल्बम सार्वज्निक

 

पोखरा, १७ जेठ । लोक गायक श्याम अधिकारीले देश विदेशमा समेत चिनिएको कास्कीको पर्यटकिय गाउँ धम्पुस लाई चिनाउन “धम्पुस गाउँ “ सालैजो भाका को लोक दोहोरी गीति एल्बम सर्बजनिक गरेका छन । उनलाई यस लोकदोहोरीमा बरिस्ठ लोक गायिका शर्मिला गुरुङले साथ दिएकी छिन् ।


गीतमा सम्पुर्ण धम्पुसको बारेमा वर्णन गरिएको छ भने दृश्यमा पनि धम्पुस गाउलाइ नै समेटिएको छ ।
जस्मा धम्पुस को विभिन्न सुन्दर रमणीय दृश्य सँगै नेपाली मौलिक परम्परागत भेषभुषा र भाषा सुन्न र देख्न सकिन्छ । लोक गायक श्याम अधिकारीले दुई वर्ष अगाडि पनि “ मेरै धम्पुस गाउँ “ नामक दोहोरी गीत आमदर्शक स्रोता बीच ल्याएका थिए । उक्त गीत एलबि पुनको एरेन्ज, धर्मेन्द्र पौडेलको निर्देशन, माधब गुरुङको छयाङ्कन ÷ सम्पादन, युबराज गुरुङको कोरियोग्राफी रहेको छ भने धम्पुसबासी लाई भिडियो मा देख्न सकिन्छ ।https://youtu.be/5ANAMQvEhNg

Advertisment