राष्ट्रिय महिला भलिबलः फाइनलमा एपिएफ र न्यू डाइमण्ड भिड्ने

काठमाडौं । सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् ।

विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गर्यो भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश गर्यो । अब शुक्रबार हुने उपाधि भिडन्तमा आयोजक एपिएफ र न्यू डाइमण्ड भिड्नेछन् । हल्चोकस्थित एपिएफको मैदानमा भएको सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । एपिएफले पुलिसलाई २५–२३, २५–१७, १८–२५ र २५–१२ को सेटमा पराजित गरेको थियो ।

त्यस्तै अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई पनि ३–१ सेटले पराजित गरेको छ। न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई २५–२३, २३–२५, २५–२१ र २५–२० को सेटमा पराजित गर्यो ।

त्यसैगरी तेस्रो स्थानको लागि दुई विभागीय टोली पुलिस र आर्मी भिड्नेछन् । प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० हजार तथा उपविजेताले एक लाख २५ हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् ।

Advertisment