दिल्लीबाट बैंगलोर पराजित, ६ खेल खेलेको कोहलीको टिम ६ खेलमै पराजित

इन्डियन प्रमियर लीग सिजन १२ को २०औँ खेलमा दिल्ली क्यापिटल्सबाट बेहोरेको हारसँगै भारतीय राष्ट्रिय टीमका कप्तानसमेत रहेका विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरलाई अघिल्लो चरण प्रवेशका लागि कठिन संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ।

लगातार ६ खेल हारेको बैंगलोरलाई अघिल्लो चरण प्रवेश गर्नका लागि अरु टीमका खेलका नतीजामा पनि भर पर्नुपर्ने हुनसक्छ। कोहली कप्तान रहेको बैंगलोरको लगातार छैटौँ हार दिल्ली क्यापिटल्सबाट ७ बल बाँकी छदै ४ विकेटले भएको हो। दिल्ली क्यापिटल्सलाई बैंगलोरले जितका लागि १५० रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा पूरा गर्‍यो र ६ खेलमा तेस्रो जित हासिल गर्‍यो। दिल्लीका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ६७ रन प्रहार गरे। पृथ्वी शाँले २८, कोलिन इनग्रमले २२ रन प्रहार गरे। बैंगलोरका लागि नविद सइनिले दुई, टीम साउथी, मोहम्मद सिराज, पवन नेगी र मोइन अलीले समान एक एक विकेट लिएका थिए। अहिलेसम्म पाँच खेल खेलेर पाँचैमा हार बेहोरोको कप्तान विराट कोहलीको बैंगलोरका लागि सर्वाधिक रन कोहलीले नै प्रहार गरेका थिए। उनले ४१ रन प्रहार गरेका थिए। दिल्लीका लागि मोइन अलीले ३२, अक्षदीप नाथले १९ रन प्रहार गर्दा अन्य खेलाडी दिल्लीका बलरसामू खुलेर प्रदर्शन गर्न चुके। टस जितेर फिल्डिङ रोजेको दिल्लीका लागि कागिसो रबाडाले धमाकेदार बलिङ गरेका थिए। रबाडाले चार ओभरमा मात्र २१ रन दिएर ४ विकेट लिएका थिए।

त्यस्तै क्रिश मोरिसले २ विकेट लिए भने सन्दीप लामिछाने र अक्षर पटेलले समान एक(एक विकेट लिएका थिए।

Advertisment