चितवनमा पहिलोपटक रग्बीको प्रशिक्षण

चितवन । चितवनमा पहिलोपल्ट रग्वी खेलको प्रशिक्षण दिइएको छ। यो खेल देशैभर पुर्‍याउने उद्देश्यले चितवनमा पनि प्रशिक्षण दिइएको राष्टि«य प्रशिक्षक विनोद तामाङले जानकारी दिनुभयो ।

बैशाख १३ देखि १५ गतसम्म प्रशिक्षण दिइएको छ । प्रशिक्षक तामाङगले विदेशमा रग्वी प्रतिको आकर्षण राम्रो रहेकाले नेपालमा पनि यसको सम्भावना निक्कै राम्रो भएको उल्लेख गर्नुभयो ।

सामान्यतया फुटबल खेल्ने खेल मैदानमा बालक, युवा सबै उमेर समुहका महिला पुरुषले खेल्न सकिने यो खेल स्वास्थ्यको दृष्टिले पनि निक्कै फाइदाजनक रहेको बताउनु भयो । विभिन्न अन्तर्राष्टि«य रग्वी प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भइसकेका प्रशिक्षक तामाङ अहिले विभिन्न जिल्लामा नव खेलाडीहरुलाई प्रशिक्षणमा जुटेका छन्। अहिलेसम्म नेपालका विभिन्न १५ जिल्लामा रग्वी संघ विस्तार भइसकेको छ । चितवनमा पनि रग्वी स्थापित गराउने संघको योजना रहेको छ। नेपाली खेलाडीले एसियन ट्रफी टुर्नामेन्टमा हरेक वर्ष सहभागिता जनाइरहेका छन्।

आगामी नोभेम्बर डिसेम्बरमा जापानमा रग्वीको विश्वकप हुँदैछ।

Advertisment