सशस्त्र प्रहरी केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन

ललितपुर । सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५–१४, २५–९ र २५–१५ को सोझो सेटमा जित निकाल्यो । यो जीतसँगै एपीएफ लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको छ । एपीएफले यसै महिना नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि जितेको थियो । उपाधिसंगै एपीएफले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाखमा चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगितामा होङ्गवान्जी न्यू डायमण्डले तेस्रो स्थान हात पार्यो । नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले तेस्रो स्थान हासिल गरेको हो । प्रतियोगितामा तेस्रो भएसँगै न्यू डायमण्डले ५० हजार प्राप्त गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।a

Advertisment