कृषि प्रविधि र शहरी कौसी खेती विस्तारमा नेपाल एग्रो लाइभको सक्रियता

प्रकाश अधिकारीबाट

काठमाण्डौँं १४ भदौ । एकातिर कोरोनाको बढ्दो सङ्क्रमणले उत्पन्न भय र त्रास । अर्कोतिर बन्दाबन्दी र कफर्यूले घरभित्र बस्नुपर्ने बाध्यता र तनाव । यस्तोमा मानसिक तनाव कसरी हटाउने, फुर्सदको समयलाई फलदायी र उपयोगी बनाउने ? एउटा उपाय छ कौसी खेती । आफनै घर, छत र वरण्डा हुनेहरुले आधुनिक कृषि प्रविधिको प्रयोग गरी विज्ञको परामर्शमा व्यवस्थित र आधुनिक शहरी कौसी खेती गर्न सक्छन् ।

यसले स्वस्थ, शान्त र मन बहलाउने मात्र होइन भान्सामा आफैले फलाएको ताजा, अर्गानिक, स्वादिलो र पौष्टिक तरकारी खाने अवसर मिल्नेछ । “ शहरी खेती भनेकै कौसी खेती हो, स्वस्थ हुने र बनाउने तथा जीवीकोपाजर्नमा सहयोग पुग्ने, अनि मासु बाहेकका सबै हरियो र ताजा तरकारी खाने अवसर दिन्छ”, लकडाउन यता कौसी खेती प्रवद्र्धमा सक्रिय हुनुभएका नेपाल एग्रो लाईभ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन गैरे भन्नुहुन्छ ।

 

विसं २०७३ मा स्थापित नेपाल एग्रो लाइभले कृषिको व्यावसायिकरणका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालीम परामर्श दिन्छ । साना, थोपा सिंचाई, मिस्ट सिंचाई, स्प्रिङगलर, व्यावसायिक बेमौसमी तरकारी खेतीका लागि हाइटेक बास र फलामका प्लाष्टिक घर, निर्माण तथा परियोजन अध्ययन, अनुगमन लगायतका काम गर्दै आएको छ ।

उपत्यकामा कोरोनाको त्रास र ग्राफ बढेर मानिसमा चिन्ताको पारो पनि बढेकै बेला भदौ नौ गते गैरेले फेसबुकमा स्टयाटस लेख्नुभयो, “कोरोना सङ्क्रमणको बढ्दो खबर तथा बन्दाबन्दीले हरेक नेपालीलाई चिन्ता बढाउनु स्वभाविक हो, यस्तो बेलामा मनलाई शान्त बनाउन कौसी खेतीमा लाग्नु एउटा उत्तम उपाय हो, यदी यहाँहरु हामीसँग जोडिन चाहनुहुन्छ भने नेपाल एग्रो लाईभ प्रालि ललितपुर नख्खिपोटमा सम्पर्क गर्नुहोला, सम्पर्क ९८५१०१५८०५ ।” हेर्दा यो विज्ञापन जस्तो लागेपनि लकडाउनको सदुपयोग गर्न चाहनेलाई भने यो सूचनाले सहज बनाएको छ ।

गैरेले माटो भन्दा नरीवलको जटालाई काठको धूलो जस्तो बनाएर खदिलोरुपमा तयार पारिएको “कोकोपीट” प्लाष्टिकको झोला “ग्रो ब्याग” मा राखेर बिरुवा उमारी तरकारी फलाउन सकिने बताउनुभयो । कोकोपीटमा आवश्यकता अनुसार बेलाबेलामा अर्गानिक मल ( वबीफर्ट) र अन्य आवश्यक पौष्टिक तत्व राखिन्छ । रोग लाग्न नदिन वा लागिहालेमा निमको तेल प्रयोग गरिन्छ । माटोमा बढी रोग लाग्ने, छतलाई पनि असर पार्न सक्ने र फोहोरमैला हुने हुँदा कोकोपटी बढी उपयुक्त हुने बताईन्छ । ब्यागको प्लाष्टिक भित्र कालो र बाहिर सेतो हुन्छ । कोकोपटीको पाँचकेजीको नौ वटा ब्लक भयो भने त्यसले करिब ५० ग्रो ब्यागमा तरकारी हुर्काउन सकिन्छ ।

कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङकारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो । सहरी क्षेत्रमा सीमित जग्गा हुने तथा अग्ला र घनावस्तीका घरमा आधुकि कृषिमा आधारित केही सरल र सुलभ प्रविधिको प्रयोग गरी यो खेती गर्न सकिन्छ । सहरी क्षेत्रमा उत्पन्न हुने प्रदूषण कम गर्न, घरपरिधि क्षेत्रमा बढेको तापक्रम केही कम गर्न र सहरका घरहरुको सुन्दरता अर्थात हरियोपना बढाउने अभिप्रयाले यो खेती गरेको पाईन्छ ।

नेपाल एग्रोले नख्खीपोट, स्वयम्भु, कुसुन्ती, रामकोट, विभिन्न कोलोनी र काठमाण्डौका विभिन्न ठाउँमा झण्डै सय घरमा पुगेर स्वास्थ्य सावधानी सहित आधुनिक व्यवस्थित कौसी खेतीको तालिम दिएको छ । “ ५० वटा ब्यागमा तरकारी लगाउँदा सानो परिवारलाई मासु बाहेक मौसम अनुसारको ताजा तरकारी खान पुग्छ”, प्रमुख कार्यकारी अधिकृत गैरे भन्नुहुन्छ । यसमा करेला, घिरौला, सीमी, बोडी, र्खुर्सानी, क्याप्सीकम, गोलभेडा, धनिया, बर्खे साग, भेडी लगायतका मौसम अनुसारको तरकारी लगाउन सकिन्छ । यसले घरको हरियाली र सौन्दर्य पनि बढाउँछ ।

नेपाल एग्रोले भने यस्तो कौसी खेतीमा विरुवा, बीउ, मल, ब्याग, परामर्श र सामग्रीसहित प्याकेजमा करिब १५ हजार रुपैयामा सेवा दिएको हिकास्टबाट कृषि विज्ञानमा स्नातक संंस्थाका कृषि अधिकृत सार्थक गैरेले बताउनभयो । “ सिँचाइका लागि थोपा सिँचाई लगाउन सकिन्छ, तर अहिले कोरोनाले घरमा गएर जोडन जोखिम हुने हुनाले एउटा हजारी दिएका छौ । यो खेती प्रवद्र्धन गर्ने हो भने अनुदान होइन विज्ञको परामर्श, व्यावहारिक ज्ञानसहित निजी क्षेत्रले प्राविधिक सेवा दिनुपर्छ”, अधिकृत सार्थक थप्नुहुन्छ । ब्याग तीन चार वर्ष खप्छ । बेलाबेलामा मल थप्नुपर्छ ।

अचेल कौसीखेती शहरमा बढ्नुको प्रमुख कारण भने आलङकारिक बिरुवाप्रतिको रुचि र स्वस्थ तरकारी तथा फलफूल घरमा उत्पादन गरी खाने रहरले पनि हो । बजारबाट ल्याएको वा शीतभण्डारमा राखिएको भन्दा सिधै टिपेर खान पाइने हुँदा स्वादिलो र प्रशस्त पोषण पाईन्छ ।

कौसी खेतीको लहर आएकोले अब अभियानकै रुपमा सरकारी, गैह्रसरकारी संस्थासँग मिलेर काम अघि बढाउन सकिने कौसी खेतीका अभियन्ता राजन गैरे बताउनुहुन्छ । विसं २०४८ मा डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ अध्ययन गर्नुभएका राजनले इन्टरनेशनल डेभलपमेण्ट इन्टरप्राइज ( आइडीइ नेपाल) मा दश वर्ष साना र थोपा सिँचाई प्रविधि तथा स्प्रिङलर सम्बन्धी कृषि अनुसन्धान र विकासको काम गर्नुभयो ।

नेपाल एग्रो लाईभ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन गैरे

त्यस्तै युएसएआइडीको आर्थिक सहयोगमा ११ जिल्लामा सञ्चालित किसान परियोजनामा कृषि र प्रविधिसम्बन्धी अनुभव बटुल्नुभयो । परामर्शदाताका रुपमा विभिन्न संस्थामा कृषि सम्बन्धी तालिम दिनुभएका राजनले नेपाल एग्रो लाईभ स्थापना गरेर दुईदशक बढीको कृषि सम्बन्धी ज्ञान र सीप अहिले आएर कौसी खेती विस्तारमा लगाउनुभएको छ । उहाँ समय अनुसारको कृषि प्रविधि विस्तार, व्याख्या र अभियानमा सक्रिय भैहाल्ने स्वभावको हुनुहुन्छ । सामाजिक सञ्जालमा आवश्यक कृषि सूचना, ज्ञान र जानकारी दिनुहुनछ भने भर्चुअल रुपमा समेत त्यस्तो अनुभव आदानप्रदान गर्न राजन पछि पर्नुहुन्न ।

“ मैले २०६२ तिर कौसी खेतीबारे लेख्दा यो त बिग्रियो भने तर अहिले परिस्थितिले यो बाध्यकारी जस्तो हुन पुग्यो, यसमा अनुदान होइन निजी क्षेत्रले वैज्ञानिक तवरले आधुनिक प्राविधिक परामर्श र व्यावहारिक ज्ञान दिनुपर्छ”, राजनको निचोड छ । एग्रो लाइभले गोर्खा र धादिङका एक हजार एक सय घरमा स्वच्छ बगैचा स्वच्छ घरको अवधारणा अघि बढाएको थियो जुन यसको ब्राण्ड पनि हो । यसमा बगैचासहित व्यावसायिक तरकरी खेतीमा जोड दिइएको थियो ।

कौसीखेतीलाई स्वस्थ र सुलभ पोषणको आधार मानिएकोले फ्रान्स, स्विटजरल्याण्ड र क्यानडा जस्ता देशले कानुनी रुपमै घर निर्माण गर्दा अनिवार्य यो खेती गर्न निर्देशन गरेको बताइन्छ । बिरुवासँग रमाउँदा तनाव कम हुने र यसले घरबाट निस्कने फोहरबाट बिरुवालाई चाहिने कम्पोष्ट मल बनाउन सकिने, छानाको पानी जम्मा गरी सदुपयोग गर्न सकिने र सहरी कृषिको विकाससमेत गर्न कौसी खेतीले मद्धत गर्नेछ ।

कौसी खेतीको अलावा विशेषगरी नेपाल एग्रो लाइभले बहुउद्येश्यीय पानी प्रणाली, कम मूल्य पर्ने आकाशे पानी संकलन गर्ने टंकी सम्बन्धी डिजाइन, थोपा, स्प्रिङलर र मिस्ट सिंचाई सम्बन्धी सम्पूर्ण सामग्री तथा प्राविधिक सेवा दिन्छ । कृषि उत्पादन बजारीकरणको आधारभूत तालिम तथा परामर्श, आधृनिक कृषि प्रणालीमा वातावरण मैत्री व्यावसायिक खेती प्रविधि, भौगोलिक अवस्था तथा हावापानी अनुकूल खेती प्रणाली सर्वेका साथै संभाव्यता अध्ययन, संस्थागत तथा क्षमता विकास र मूल्य श्रृङखला सम्बन्धी तालिम दिदै आएको प्रमुख कार्यकारी अधिृकत राजन गैरे बताउनुहुन्छ ।

संस्थाले सरकारको कृषि ज्ञान केन्द्र, कफी विकास वोर्ड तथा गैह्र सरकारीसंस्थासँगको सहकार्यमा स्याउ, सुन्तला, किवी, केरा, चिया, कफी, तरकारी सहितका वालीमा थोपा सिंचाई प्रविधिको व्यावसायिक जडान तथा परामर्शको काम गरेको छ । डीसीएको आर्थिक सहयोग तथा एक्सन नेपाल र युनिफिकेसन नेपालसँगको साझेदारीमा गोर्खा र धादिङमा स्वच्छ बगैचा स्वच्छ घर कार्यक्रमको सफल कार्यान्वयन गरेर उदाहरण प्रस्तुत गरेको छ ।

साथै एडब्लुको आर्थिक सहयोगमा कार्डसन र सर्वोदय नेपालसँगको साझेदारीमा नुवाकोटको किम्ताङ र बुम्ताङका कृषकलाई आधुनिक तरकारी उत्पादन सम्बन्धी कार्यक्रम चलाइसकेको छ । जापनीज भोलेन्टीयर्सको सहयोगमा प्याक्स अर्थसँगको साझेदारीमा काभ्रे कोट तिमालका कृषकलाई आकाशे पानी संकलन, मकवानपुरको दामनमा विविध सिँचाई, काठमाडाँै टोखाको लक्ष्मिपुर कृषि फार्म, ललितपुर सुनाकोटीको गणपति यल कृषि फार्म र सुयोग अधुनिक कृषि फार्मको लागि व्यावसायिक खेती गर्न सर्वे डिजाइन लगायतका प्राविधिक सेवाको काम सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ ।

Advertisment