मुक्तिनाथ विकास बैंकको लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन शिलन्यास

काठमाडौँ, । मुक्तिनाथ विकास बैंकले काठमाण्डौको लाजिम्पाटमा आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन बनाउने भएको छ ।

सो निमाणर्को लागि भूमी पूजा तथा भवनको शिलन्यास आज गरिएको बैकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गर्नु भएको हो । बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीय र सबल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने छ ।

कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीको सहभागिता थियो । सो बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भीसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखाहरु रहेका छन् ।

Advertisment