सगरमाथाको उचाइ ८६ सेन्टिमीटर बढ्यो

काठमाण्डौँ, २३ मंसिर । सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेपछि सो तथ्य सार्वजनिक भएको हो ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो ।

Advertisment