मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको छ : सञ्चारमन्त्री पार्वत गुरुङ

काठमाडौँ, २८ पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वतगुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताउनु भएको छ ।
क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नु भयो । मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुनै नसक्ने स्पष्ट पार्नु भयो । “ताजाजनादेशमाजाने कुरा प्रतिगामी हुुन सक्दैन, असंवैधानिक हुन सक्दैन,”उहाँले भन्नुभयो, “मलाई के लाग्छ भने आज सडक आन्दोलनगर्नेहरुले पनि चुनावकै तयारी गरिरहेको हो भन्ने स्पष्ट भईसकेको छ ।”
मन्त्री गुरुङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘चुनावमा जाने बेला कहाँ संसद पुनस्र्थापना हुन्छ ?’भनेर भन्नु भएको प्रसंग समेत उल्लेख गर्नु भयो । मुलुक अनिर्णयको बन्दी बन्नु प¥यो, यस्तो अवस्थामा जनादेश लिनका लागि निर्वाचनमा जाने कुरा प्रतिगामी, असंवैधानिक हुुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो । मन्त्री गुरुङले आज प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री केपी ओलीको टाउँको हान्ने रणनीति लिएर लोकतान्त्रिक गणतन्त्रकै टाउँकोमा हान्ने, संविधानकै टाउँकोमा हान्ने, राष्ट्रियता र शासन प्रणालीमाथि नै हान्ने असफलप्रयास गरेको आरोप पनिलगाउनुभयो । जनयुद्ध कालमै असफलभईसकेको त्यो रणनीति आजपनि सफलनहुने चर्चा गर्दै मन्त्री गुरुङले त्यो असफलयात्रामालागेर कोही कसैले राजनीतिक बाटो लिननपर्ने बताउनुभयो । उहाँले जनतानिर्वाचनको पक्षमाउभिएको, राजनीतिकदलहरुले आन्दोलनको नाममानिर्वाचनको तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनको तयारीमा जुटन पनि सबैलाई आह्वानगर्नु भयो ।
मन्त्री गुरुङले पत्रकारहरुले पनिमुलुकमाअस्थिरताल्याउने, द्धन्द्धमा फसाउने, बलिरहेको आगोमा घिउ थप्ने खालकागतिविधिगर्न नमिल्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई मर्यादित, सम्मानित र जिम्मेवार बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनिव्यक्तगर्नु भयो ।

Advertisment