नेपालमा पनि कोरोना भाइरसको प्रकोप दोस्रो लहरका रुपमा केहि समयदेखि फेरि बढेको छ । त्यसको कारण काठमाडौ लगायत देशका विभिन्न जिल्ला र शहर निषेधाज्ञाको चपेटमा परेका छन् । बन्दाबन्दीको यो दोस्रो संस्करण महामारीको कतै नियमित आकस्मिकता त हुने हैन भन्ने संशय पनि उब्जेको छ । निषेधाज्ञाको यो नियतिले हरकोहीको जीवनशैलीमा आएको परिवर्तन हामी सबैले भोगेका नै छौ हरपल, हरदिन वा दैनन्दिन ।
निषेधाज्ञाको यही उपक्रममा सामान्य भन्दा अलि ढिलो बेडमा पुगेर आराम गर्दै थिए । शायद सोमबारको ११ः३० रातिको समय थियो । भर्खर निदाएको रछु । मोबाईल मा फेसबुकमा म्यासेन्जरको म्यासेजको आवाज आयो । इन्टरनेटको युगमा बाँचिरहेका छौ हामी सूचना महामार्गको हरदम प्रयोग गर्दै । सधै अन्लाइन बस्ने । स्वदेश बिदेश तिरबाट साथीहरुले म्यासेज गरीरहने भएकोले खासै वास्ता गरिन । झकझकाउँदै फेरि निदाए । बाक्लै निद्रा परेछ । रिङ्ग टोन सानो बनाउने भएकोले पछि म्यासेन्जरमा घण्टी बजेको थाहानै भएन । बिहान ६ बजे अफिसबाट फोन आयो । प्राविधिक भाइ रहेछन् । सर म अफिस आइपुगे भन्यो । “यप” भने । फोन राखे । र, उठे अनि आफ्नो नित्य कर्म सके । झण्डै ७ः१५ भएको थियो होला । तातो पानी तताएर अर्गानिक चियाको धुलो सँगै चिया पिउन बसे । अनि मोबाईल हातमा लिएर यसो म्यासेजहरु चेक गर्दै थिए । द्ययमि देखिएको अक्षरमा आँखा पुग्यो । एक जना बहिनीको म्यासेज रहेछ । म्यासेज खोलेर हेरे । लेखेको थियो — दाइ सक्नु हुन्छ भने जभउि गर्नुन । हाम्रो एक जना मान्छे सुत्केरी हुनुहुन्छ तर कोरोना लागेछ अहिले गाह्रो भएको छ । टिचिङ हस्पिटल महाराजगन्ज मा ईमर्जेन्सी मा भर्ना गरेको छ तर भेटिलेटर चाहिने अवस्था छ । यहा उपलब्ध छैन रे ।मैले हेर्दा त्यो गुहार मागेको निकै समय बितेको थियो । मैले बल्ल म्यासेजको उत्तर दिए । हजुर बैनी सरी, म राति निदाएको थिए बल्ल म्यासेज हेरे । बिरामीलाई कस्तो छ ? अनि भ्यान्टिलेटर उपलब्ध भयो कि नाइ ? यो पछि के भयो होला भनेर सोची रहे । धेरैबेर म्यासेज सीन भएन । अनि म मेरो आफ्नो काममा लागे ।
लगभग एक घण्टा पछि म्यासेज को घण्टी बज्यो हेरे उनै साँझ म्यासेज पठाउने बैनी को र छ । लेखेको थिइन — दाइ धेरै ढिला भयो । अब उहाँ यो धर्तीमा रहनु भएन । त्यसपछि म न बोल्न सक्ने, न चल्न सक्ने भए । मन विक्षिप्त भयो । केही समय पछि आफुलाइ धैर्य गर्दै मलाई माफ गर्नुस, साह्रो दुखःद कुरा सुन्नु पर्यो भनेर लेखे । त्यस पछि आज भन्दा तीन दिन आगाडि एक जना साथीले पोखरा बाट म्यासेन्जरमा आफ्नो माइजूको लागि कतै बेड मिलाउन भन्नु भएको सम्झे । त्यो बेला हस्पिटलमा फोन गर्दा प्रायः सरकारीमा ठाउँ नभएको उत्तर पाए । अनि केहीमा अलि अलि चिनेको साइनो लाग्ने डाक्टरलाई भन्दा मन्त्रीजीलाई भन्न लगाउनु न भनेको सम्झिए । त्यो साथीलाई मैले खै मन्त्री लाई भन्न लगाउनु भन्छन् । मैले नसक्ने भए सरी भनेको थिए । प्राइभेटमा कुरा गर्दा केही चिनेको डाक्टरले यहाँ सुरक्षा मापदण्ड कुनै हस्पिटलले पूरा गरेको छैनन्, बेड पनि मोलमोलाइ मा जान्छ । प्राइभेटलाई दशै आए झै भएको छ । आएर समाचार बनाइदिनु न भनेको सम्झिए । समाचार रिपोर्ट बनाउन यो परिस्थिति मा त्यति सजिलो थिएन । अनि धेरै थोर दिएको सेवामा झन नकारात्मक असर पो गर्ने हो कि भनेर मौन बसे ।
आज त्यो बहिनीले गए राति मागेको गुहार अनि भेन्टिलेटर अभावमा उनको आफन्त जो भर्खर सुत्केरी भएकी छन, भर्खर जन्मेको नानी छ, उस्लाइ छोडेर धर्ती बाट बिदा हुन बाध्य भइन् । एकपछि अर्को घटना म जस्तो सामान्य मानिसले देखिरहेको छु । स्मृतिमा पलपल आइरहने यी र यस्तै क्षणले गम्भिर बनायो । महामारीमा बेलैमा सर्तक नभएर ग्रैह्र जिम्मेवार र निर्लल्ज बनेको सरकार अनि सरकारी संयन्त्रले सृजना गरेको अभाव, बेड, उपचार नपाएर हस्पिटल भित्र र बाहिर छटपटिएका बिरामीको चित्कार । ओहो । सम्झदा नै कहालिलाग्दो एउटा विद्रुप तस्विर उभियो आँखा अगाडि ।
यस्को जिम्मेवार कोही हुन्छ कि हुदैन ? उनको मृत्युको कारण सिर्फ कोरोना मात्र हो ? या, देश र जनताप्रति बेलैमा सजग र सचेत नहुने हाम्रो देशको राज्य संयन्त्र हो ? देश चलाउछु भन्ने शासकहरु हुन् ? स्वास्थ्य, शिक्षा, रोजगार जस्ता मौलिक अधिकारका विषयमा राज्य जिम्मेवार बन्नु पर्छ कि पर्दैन ? संयोग, देशमा भ्रष्टाचार, सुशासन र कोरोना माहामारी नियन्त्रण गर्न नसकेर जनविश्वास गुमाउँदै गएको सरकार हिजो संसदको विशेष अधिवेशनमा विश्वासको मत लिदै थियो । विपक्षीहरु सरकारमा कसरी जाने खेलको खातिरमा थिए । ताज्जुब लाग्छ, तर कोही कसैलाई त्यो नाबालकले आमा पाउनु पर्छ र सुत्केरी आमाले आफ्नो बच्चा लाई वात्सल्यमा हुर्काउन पाउनु पर्छ भन्ने सोचेनन् ।
राज्यले झन्डै डेढ वर्ष देखि रहेको कोरोनाको झट्का जति बेला पनि बढ्न सक्छ भन्ने बैज्ञानिकहरुको सुझावलाई ध्यान दिएर सकेसम्म धेरै भ्यान्टिलेटर, आइ सि यु लगायतका व्यापक पूर्वाधार र आवश्यक स्वास्थ्य जनशक्ति थपेर तयारी गर्नु पर्छ भन्ने सोचेन । यस्तो अवस्थामा ती सुत्केरी महिलाको ज्यान लिने सरकार हो भनेर भन्ने कि नभन्ने ? राज्यले तिनै सुत्केरी र त्यस्तै अक्सिजनको सिलिन्डर नपाएर मृत्यु हुनेहरुको जिम्मेवारी लिन पर्छ कि पर्दैन ? मानसपटलमा एकपछि अर्को उब्जिएका यीनै अनगिन्ति प्रश्न सहित दिन भर मन भारी भयो । तर केहि गर्न सकिएन, सकिन्न । सिर्फ नीरिह र मुकदर्शक भएर सम्झदा अहिले पनि ती पलहरुबात निसृत स्मृतिप्रान्तमा आईरहेन उकुसमुकुसका छाँयाहरुले तसाईरहन्छ । के जनता सधै निरीह बनी रहने हो त ? केवल प्रश्नहरुको जुलुस सिपाही झै भनेर उभिरहन्छन् ।
twitter @bishnukshetry